एनआरएनए पूर्व अध्यक्ष तथा एमआइटी ग्रुपका अध्यक्ष डा घलेले भुकम्प प्रभातिव क्षेत्रमा अल्प र दिर्घकालिन सहयोग गर्ने

Hollywood Khabar November 04,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा एमआइटी ग्रुप फाउन्डेशनका संस्थापक अध्यक्ष डा. शेष घलेले नेपालमा गत शुक्रबार राति गएको भुकम्प प्रभावित रुकुम, जाजरकोट लगायत क्षेत्रमा अल्प र दिर्घकालिन सहयोग गर्ने घोषणा गर्नुभएको छ।

उहाँको फाउण्डेशनद्वारा नोवेम्बेर ४, २०२३ शनिबार एक विज्ञप्ति जारी गर्दै एमआइटी ग्रुप फाउन्डेसनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्ने र सोहि अनुसार के कस्ता अल्पकालीन तथा दीर्घकालीन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी तथा दिगो हुन्छ सोही अनुसार स्थानीयहरूका प्राथमिकताका आधारमा राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाइएको छ। एमआइटी ग्रुप फाउन्डेशनकी को फाउण्डर जमुना घले गुरुङ हुनुहुन्छ।   

एमआईटी ग्रुप फाउन्डेसशनले यस दुःखद घटनामा परि निधन भएका सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यस मानवीय विपद्को घडीमा सम्पूर्णमा सहयोग, सहकार्य र समन्वयको लागि समेत उनले समेत गरेका छन्।