गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा सहयोग

Hollywood Khabar November 07,2023 Comments

१७ कत्तिक २०८० का दिन जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउपालिका, बारेकोट गाउपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउपालिका आसपास शुक्रबार राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पले धेरैको ज्यान लिनुका साथै सयौं बढी घाइते भएका र निजहरुको घरबार समेत ध्वस्थ भएका छन्।

नोवेम्बर ५, २०२३ आईतवारका दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा पूर्व संरक्षक तथा एमआइटी ग्रुप फाउण्डेशनका संस्थापक अध्यक्ष डा. शेष घलेको उपस्थितिमा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा भएको संयुक्त बैठकले राहत तथा उद्धारको लागि पहिलो चरणमा एक करोड भन्दा माथि रकम संकलन गर्न सफल भएको थियो।

गैरआवासीय नेपाली संघको तर्फबाट संघले सामाजिक कार्य गर्नको लागि स्थापना गरेको “एनआरएन ग्लोवल फाउण्डेशन” मार्फत “एमआइटी ग्रुप फाउण्डेशन” संग राहत तथा उद्धारको लागि समन्वय र सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको थियो।

सोही निर्णय अनुसार दुवै फाउण्डेशनका तर्फबाट पहिलो चरणको राहत वितरणको कार्य थालनी भएको छ। स्थानिय निकायको समन्वयमा पहिलो चरणको राहत भूकम्पबाट अति प्रभावित क्षेत्र पठाई सकेको र पुगी पनि सकेको छ। पिडितहरुका लागि १००० थान कम्ममल र खाध्यान्न लिएर संघका यूथ ब्राण्ड एमव्यासिडर दिपेश खत्रीको नेतृत्वमा एक टोली त्यसतर्फ गएको छ।

यसका अलावा डा. घलेको नेतृत्वमा संघका सल्लाहकारहरु एसि शेर्पा तथा श्याम तामाङ्ग र एमआइटी ग्रुप फाउण्डेशनका संचालक सुरेश चित्रकार सम्मिलित एक संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरि पिडित तथा जन प्रतिनिधिहरु र नेपाल सरकारका सरोकारवाला निकायहरु संगको छलफल तथा समन्वयमा आगामी दिनका लागि कस्ता अल्प तथा दिर्गकालिन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी र दिगो हुनुका साथै स्थानियहरुका प्राथमिक्ता पूरा गर्न सकिनेछ। त्यसै अनुसार थप सहयोगका आगामी खाकाहरु तयार पारिने छ।

पहिलो चरणमा डा. घले र संबद्ध टोलि स्थलगत भ्रमणमा जानु भएको छ। उहाँहरुले विभिन्न स्थानको स्थलगत अध्ययन, स्थानीय पिडितहरुसँग भेटघाट र स्थानीय निकायहरुसंग समेत भेट गर्नुभएको छ। सहयोग प्राप्त भएका छन् र संकलन निरन्तर गरिएको छ। यस सम्बन्धि अपडेट निरन्तर गरिनेछ।

गैरआवासीय नेपाली संघ, सचिवालय, काठमाण्डौं

नोवेम्बेर ७, २०२३