गैरआवासीय नेपाली संघको अल्वानीय एनसीसी गठन, अध्यक्षमा आशिका बिक

Hollywood Khabar November 08,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नोवेम्बर ५ मा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले डिसेम्बर २०२३ सम्म सबै देशहरुमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे अनुसार अल्वानीयमा राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन भएको छ।

अल्वानीयामा बसोबास गर्ने एनआरएनहरुको नोवेम्बर ८, २०२३ को भेलाले एनआरएनए एनसीसी अल्वानीय गठन गरेको हो। भेलामा एनआरएनए आइसीसी सचिव धर्मराज खतिवाडा, एनआरएनए युरोप संयोजक (आरसी) उल्का घिमिरे, एनआरएनए एनसीसी क्रोयसीया सल्लाहकार दावा लामाको समेत उपस्थिति रहेको थियो। 

भेलाले अध्यक्षमा आशिका बिक, महासचिव आशुष पाठक र कोषाध्यक्षमा उर्मिला राइलाइ चयन गरेको छ। अब मान्यताको पत्र पदान पछि एनआरएनए एनसीसी अल्वानीयाले बाँकी पदमा पूर्णता दिएर सदस्यता वितरण गर्दै छिट्टै अधिवेशनद्वारा नयाँ नेतृत्व समेत चयन गर्नेछ।

सचिवालय 

गैरआवासीय नेपाली संघ

नोवेम्बर ८, २०२३