किराँत याक्थुम चुम्लुङ क्यालिफोर्नियाको नेतृत्व चयन तथा बलिहांङ तंङ्नाम सम्पन्न

Hollywood Khabar November 14,2023 Comments

नोबेम्बर १२, २०२३, क्यालिफोर्निया, अमेरिका/किराँत याक्थुम चुम्लुंङ क्यालिफोर्नियाले आफ्नो पाँचौ महाधिबेसन गरि समाजसेबी अतित सुब्बाको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमितीको चयन तथा  याक्थुम समुदायले युगौ देखी मनाउदै आएको मौलिक पर्ब बलिहांङ तंङ्नाम समेत मनाएको खबर प्राप्त भएको छ। 

उक्त अधिबेसनले उपाध्यक्षमा नबिन नेयोङ, बामु सुहांङ, शंखर फोम्बो तथा महासचिबमा प्रतिभा सुब्बा सचिबमा केबिन नेम्बांङ, कोषाध्यक्षमा कृष्टी फोम्बो र त्यसै गरि सदस्यहरुमा क्रमस: भिम मादेम्बा, मनिका सुहांङ, अन्जु सुब्बा, निर्मला योङ्हांङ, असिम सुब्बा र उज्जल आंङ्देम्बेलाइ निर्बाचित गरेको जनाइएको छ। 

परापुर्बकालमा यो समुदायको किराँती राजा बलिहाङ् लाई औसीको कालो रातमा यमराजले लिन आउने खबर प्रजाले पाएछन, सो कुरो थाहा पाएका प्रजाहरुले आफ्नो प्रिय राजालाइ जोगाउन रातभरी झलमल्ल तेल बत्ति बाली दिउसो जस्तो बनाई दिएर चन्द्रमा लाई चाँडै अस्ताउन (लारिंङगेक) र सुर्यलाइ चाँडै उदाउन (नाम्लिंगेक) प्राथना गरि यमराजलाइ झुक्याँई बलि राजालाई उबेला बचाएका थिए रे। हो त्यहि बेला देखि मृत्युबाट बचेका प्रिय राजाको पुनर्जन्म भएको ठानी यो बलिहांङ तंङ्नाम पर्ब हर्सोउल्लासका साथ किराँती याक्थुम्बाहरुले मनाउदै आएको जन बिश्वास अझै पनि समुदायमा पाइन्छ।

संस्थाको सल्लाहकार श्री मनिराज चोङ्बांङ, ओमराज सम्बाहाम्फे तथा गणेश वरुङहांङ सम्मिलित निर्बाचन समितिको संयोजन पुर्ब माननीय तथा याक्थुम्बा समुदायका धरोहर श्री सुरेन्द्र फोम्बो तथा कार्यक्रम संचालन टंक फोम्बोले गर्नु भएको थियो भने नब निर्बाचित कार्य समितिलाई धन्यवाद मन्तब्य संस्थापक अध्यक्ष रोशन लिबांङ्, पूर्व अध्यक्षहरु एल बि नेम्बांङ्, तेज फोम्बो तथा पुर्ब उपाध्यक्षहरु ज्ञानेन्द्र योंगहांङ र कमान बनेमले दिनु भएको थियो। 

नेपालमा पहिचानको मुद्धा उठिरहेको बेलामा क्यलिफोर्नियाको पिनोल स्थित एक भब्य रेस्टुरेन्टमा टंक फोम्बो र निर्मला योङ्हाङले पहिचान झल्किने पालम, साना नानीहरु (अन्बेसा, उन्नती) ले नृत्य तथा सामुहिक धाननाँच प्रस्तुत गरिएको यस कार्यक्रममा क्यालिफोर्निया सेरोफेरोमा बसोबास गर्ने प्राय सबै याक्थुम्बाहरुको बाक्लो उपस्थित रहेको थियो।