नेपाल प्रहरीका विभिन्न पदमा सेवारत २६ जना प्रहरीहरु सम्पर्कबिहिन

Hollywood Khabar November 28,2023 Comments

नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना कुनै पनि जानकारी बिना नै सम्पर्कविहीन भएको कुरा नेपाल प्रहरीले जनाएको छ।

आफु माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समय देखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सुचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ।

यसरी सम्पर्कमा नआएका २६ जनाको नाममा सार्बजनिक गर्दै प्रहरी प्रधान कार्यालयले एक साता भित्र प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो। पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएको भन्दै उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अर्को सूचना प्रकाशित गरेका छ।