नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार यही मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक बस्ने उनले जनाए। त्यस्तै, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक गर्ने पनि निर्णय भएको खतिवडाले जानकारी दिए।
त्यस्तै, विधानबारे छलफलका लागि उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाइएको उनले बताए । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको खतिवडाले जानकारी दिए। प्रचार विभाग प्रमुख खतिवडाका अनुसार केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुनेछ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु