आमा, जीवन संस्कारकी श्रेय र मेरो फ्लास ब्याक

Hollywood Khabar December 09,2023 Comments

-गीता बजगाईं अधिकारी, डिसेम्बर ९, २०२३

जीवन एक कितावको अंशबाट जीनव रूपी कितावका पानाहरू नियाल्दै आज मैले मेरी आमासॅग फेरी संस्कार पढें। संस्कारको पाठ दोहोर्याउॅदा अनेक उदाहरण समेत पढें। स्वर्गीय बासँग अन्तरंग याद गर्दै नीति पढे। पढेर सम्झदै जाँदा जे पाए जस्तो अनुभुत गरे। ठिक छ, धन्य छ यो जन्म झै लागिरह्यो।

आज जिन्दगीको कथा सुन्ने पुन:पालो परेकोले मजाले एकाग्र थिए। आजको कथा यसरी सुरू भो-हेर त यो छोटो जिन्दगीमा धेरै चिज पढ्न र भोग्न पाईयो जे भोग्नु थियो भोगियो। जे परिआउँछ, भोगिन्छ पनि कुनै अफसोच छैन। जीवनरूपी गोरेटाका पाइला पाइला सिकाइका चरण हुन्। प्रतिपल पार हुॅदै गएका अनेक चरण नियति हो। हिंडिएका गोरेटाहरू साक्षी हुन्।

साक्षीहरू मध्यको मुख्य तीन चिज राम्ररी ठन्याउन सक्ने हुनु म भित्रको क्षमता हो। आज त्यसको अनुभुत गर्ने भएछु यसैमा आफूप्रति गर्व छ। जसबाट दुख पाइयो पीडा खाइयो सदासर्वदा सावधान हुने छु मलाई उसॅग नजिकिनु छैन दोबाटोमा भेटिएका कॅाडा दोबाटोको किनारामा छेऊ लगाएर हिंड्नु पर्छ।

नजिककिन खोजे र जानुपरेपनि सावधान हुनु पर्छ आहा मेरो संस्कार अनि मेरा पूर्वज धन्यवाद तिमीलाई अनुशरण योग्य छन् तिम्रा नीतिहरू। फेरी अर्को कुरा पहिले जो साथी थिए तर दुखमा साथ छोडे,पीडामा हॅुदा सहानुभुतिसम्म दिएन त्यो जीवनभर हृदयको साथी बन्न सक्दैन उ भए पनि नभएपनि मलाई फरक छैन। 

जसले बिपतमा वा सहयोग चाहिंदा तन, मन र बचनले साथ दिएको छ ,सहयोग गरेको छ त्यसलाई नमर्दासम्म हृदयमा सजाउने छु कदापि भुल्ने छैन ।आमाको पाटोबाट उदाहरण यसरी मनमनै बटुलें। अब बाको पालो बा स्वर्गबाट बोलेको अनुभुत गर्दै कान थापें-सानु सुन “आजको नीरीह दुनिया विपरित छ। सेतोलाई कालो कालोलाई सेतो, हो लाई हैन हैन लाई हो बनाएर सत्यलाई मिथ्या गराउने अधमहरुसॅग मिलेर तालू पिट्छ। 

तिम्रा मुखहरू थिच्न उद्दतहुन्छ किनकी कलि हूल र झुण्डहरुको मालिक हो त्यसैले यसले असत्यलाई सत्य हो भन्ने गराउन एउटा झुट सत्य सावित गर्न १०० वटा उदाहरण थप गर्छ। झुटबोल्नु उसका खातिर केही होइन त्यसैले त ऊ हरामी हुन्छ। छल,कपट, दुष्ट्याई ध्रुत्याई गर्दै अरूको घर आगो लगाएर आफू सुत्न जाने फटाहा यसकै निम्ति जन्मिएरको हॅुनाले त्यसैमा मख्ख हुन्छ तर तिमीले फिक्री नगर्नु किनकी स्वयम ईश्वर त यस्ता निकम्बाहरूसॅग तर्किएर हिड्छन् …तिमी र म त सच्चा मानिस .. नै पर्यौ।

यो चैतन्य चोला त्यस्ताको अगाडि पछाडि ताली लगाउन झुत्तिएका हूल र फटाहाको पछि लागेर किन सखाप पार्नु। यो ब्रमाण्डमा सच्चा मान्छे हिड्ने बाटाहरू प्रशस्त छन् । तिम्रो लक्ष्य हासिल गर्न सीसा फुटाऊ पहाड छेड गव्तय तिम्रा निम्ति पर्खिरहेको छ तिमीलाई आलिंगनको गर्नका खातिर।