एनआरएनए कानुनी रुपमा एउटा मात्र, अध्यक्ष कुँवर, मार्च २०२४ मा महाधिवेशन तय

Hollywood Khabar December 09,2023 Comments

कृष्ण के सी, अमेरिका, डिसेम्बर ९, २०२३ 

लेखनको निचोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) कानुनी रुपमा जम्मा एउटा मात्र छ, बाँकी अरु सबै अबैध गुट मात्र हुन्। होटल याक एण्ड यतिमा मार्च २०२२ मा सम्पन्न भएको संघको आधिकारिक १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बिनोद कुँवर हुनुहुन्छ। अब ११ औं महाधिवेशन मार्च १६-१७, २०२४ मा कसैले नछानीकन, ननिचोरीकन, नचिमोटीकन, स्मार्टको नाममा अबैध रुपले भेरोले नडामीकन, नबेरीकन तर आफैं स्वतह रुपमा प्रतिनिधि बनेका प्रतिनिधिहरु प्रत्यक्ष रुपमा काठमाण्डौमा उपस्थित भएर सम्पन्न हुँदैछ। त्यसमा सहभागी हुन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ ढोका खुला गरिएको छ।

१. पृष्ठभूमी

एनआरएनएको १० औं महाधिवेशन अक्टुवर २०२१ मा सम्पन्न गर्न निवर्तमान अध्यक्ष कुमार पन्तको नेतृत्व असफल भएको थियो। त्यसपछि संघको तत्कालिन बिधान, नेपाल सरकारको एनआरएन ऐन र नीति समेत टेकेर संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयका तत्कालिन परराष्ट्रमन्त्री डा. नारायण खड्काको लिखित पत्र अनुसार संघका तत्कालिन प्रमुख संरक्षक तथा दुइ-दुइ कार्यकाल (२०१३-२०१७) का पूर्व अध्यक्ष डा. शेष घलेको नेतृत्वमा संरक्षक परिषदबाट नेतृत्व लिंदै रोकिएको सो १० औं महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिएको थियो।  

२. एनआरएनएको १० औं महाधिवेशन सम्पन्न र नयाँ नेतृत्व चयन 

मन्त्रालयको सो लिखित पत्र अनुसार पूर्व अध्यक्ष डा. शेष घलेको नेतृत्वमा, पूर्व अध्यक्ष देवमान हिराचन सहितको परिषदले नै एनआरएनएको १० औं माधिवेशन काठमाण्डौको होटल याक एण्ड यतिमा मार्च २०२२ मा सम्पन्न गराएको हो। विधिपूर्वक बिनोद कुँवरको अध्यक्षतामा संघको नयाँ नेतृत्व समेत निर्वाचित भएको थियो।

३. मन्त्रालयमा जानकारी र बिधान सहित निवेदन दर्ता, दर्ता नम्बर सहित

एनआरएनएको १० औं महाधिवेशन सम्पन्न भएको र आफ्नो जिम्मेवारी पुरा भएको, निर्वाचित नेतृत्व सहितको जानकारी पूर्व अध्यक्ष डा. घलेले मन्त्रालयमा पठाउनु भएको थियो। त्यसपछि नव-निर्वाचित नेतृत्वले संसोधित बिधान सहित संघको १० औं महाधिवेशन सम्पन्न भएको निवेदन परराष्ट्र मन्त्रालयमा दर्ता गराएको छ। दर्ता नं. ६३१५ मिति २०७९/१२/१३ हो। 

४. मन्त्रालयको आनाकानी र सर्वोच्चमा रिट दर्ता

नेपाल सरकार परराष्ट्रमन्त्रालयले दर्ता गरिएको (दर्ता नं. ६३१५ मिति २०७९/१२/१३) को बिधान सहितको निवेदन स्वीकृत गर्न र पत्र दिने काम गरेन।त्यसैले बिनोद कुँवरको नेतृत्वले सर्वोच्च अदालतमा सूचनाको हक, आधिकारिकता लगात कुराहरुमा दावी गर्दै २ वटा रिट निवेदन दिएको छ। अर्को मुद्धा अक्ट्वर २०२३ मा पाटन उच्च अदालतमा दर्ता गरिएको छ। ती सबैका सुनुवाइ भएका छन्, फैसला भने बाँकी छ।

५. एनआरएनए नामका अरु सबै गुट अबैधानिक केवल एउटा मात्र बैधानिक

५.१. एनआरएनएको १० औं महाधिवेशन गर्न कानुनि र बैधानिक रुपमा लिखित निर्देशन मन्त्रालयबाट भयो। महाधिवेशन तय भयो। नेपालमा प्रतिनिधिहरु आए। त्यहाँबाट स्वार्थ पुरा नहुने भएपछि पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो र जिबा लामिछानेलाइ बसी खप्नु भएन। उनीहरुले गैरआवासीय नेपाली संघ नै फुटाएर जाने निर्णय गरे। महाधिवेशन छोडेर अन्यत्र गए र महाधिवेशनको नाटक गर्न एउटा बिधान संसोधनको खेश्रो लिएर मन्त्रालय गए। 

५.२. एनआरएनएको तत्कालिन बिधान अनुसार बिधान संसोधन हुने २ बिधि थिए। पहिला बिधानसभाबाट मस्यौदा पारित भएर महाधिवेशनमा पेश गर्ने, महाधिवेशन हलबाट पारित भएपछि, मन्त्रालयमा पेश गर्ने अनि मन्त्रालयले स्वीकृत दिएको मिति देखि लागु हुने प्राबधान थियो। महाधिवेशन याक एण्ड यतिमा हुँदैथियो। बिधान सभाबाट मस्यौदा बिधान आएकै थिएन। अनि डा. महतोले एमाले नेता डा. भीमार्जुन कार्की र कांग्रेस उपसभापति पूर्णबहादुर खड्का अनि महामन्त्री गगनकुमार थापालाइ लिएर भनिएको मस्यौदा हुँदै गरेको महाधिवेशनलाइ बाइ-पास गरेर सत्ता र शक्तिको दुरुपयोग गर्दै मन्त्रीस्तरिय निर्णयले दिएको लिखित पत्र नै तोडेर प्रशाशनबाट दवाव दिएर खेश्रा लिएर आए। अनि कतै गुप्त ठाउँमा महाधिवेशनको नाममा भेडिगोठ बनाएर भेडी भेला गर्दै, भेडा-च्याङ्ग्रा जस्तै मनोनित गरे। 

५.३. जब उनीहरुले त्यो गुप्त ठाउँमा गरिएको भनिएको सकुनी पासा मन्त्रालय दर्ता गर्न गए त्यो भन्दा पहिला नै बिनोद कुँवर अध्यक्ष भएर निवेदन र बिधान परराष्ट्र मन्त्रालयमा दर्ता गराई सकेका थिए। सो को दर्ता नं. ६३१५ मिति २०७९/१२/१३ हो।

५.४. त्यसपछि एमाले पार्टीबाट भागबण्डामा दियो जलेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले मे ४, २०२३ मा हुने बिनोद कुँवर नेतृत्वको बिशेष साधारण सभामा प्रमुख अतिथिको रुपमा उपस्थित हुने मौखित प्रतिबद्धता दिनुभएको हो। यति मात्र होइन त्यो बेला सम्म आफूले रोकिएको बिधान पनि स्वीकृत गरिदिने तर साधारणसभाको बखत आफू युरोप भ्रमणमा हुने भएकीले भर्चुअलमा मात्र उपस्थित हुने प्रतिबद्धता दिनुभएको हो। तर राता-रात उहाँ मन्त्रीपदबाट चैट हुनेभएपछि डा. महतोले आफ्नै बहिनी ज्वाई रघुबिर महासेठ लगाए। अनि बाहिरगमन पजनीमा तोकिनुभएकी मन्त्री डा. पौड्यालले पनि खरिद गरिएको अबैध गुटको खेश्रो बिधानमा टिकी-ट्याँस गरिदिनुभयो।

५.५. त्यसपछि एनआरएनएमा त्यो अबैध कौरव ग्रुपले पैसा र शक्ति दुरुपयोग गर्दै धेरै बाठो भएर कागले कुनी के खान्छ भनेको जसरी अर्को संसोधित बिधान मन्त्रालयमा दर्ता गरायो। अनि त विधिवत रुपमा नै नयाँ मस्यौदा दर्तापछि टिकी-ट्याँस गरिएको त्यो पूर्व बिधानको इहलिला स्वतहनै समाप्त भयो। लगत्यै नेपालमा फेरी सरकार फेरियो, परराष्ट्रमन्त्रालयमा नयाँ परराष्ट्रमन्त्री एनपी साउद आउनुभयो। अनि कसैको पनि बिधान स्विकृत या टिकी-ट्याँस केहि पनि भएको छैन। सर्वोच्चमा रिट भएकाले अहिले मन्त्रालयबाट केहि पनि गर्न मिल्दैन। 

६. यसपूर्व २०१३ मा एनआरएनएको अध्यक्षमा डा. शेष घले पहिलो पटक प्रजातान्रिक रुपमा निर्वाचित भएको भोलिपल्ट नै १० बर्षका लागि संघ दर्ता निवेदन स्वीकृत भएको एनआरएनएको म्याद अक्टुवर १३, २०२३ मा समाप्त भएको छ। अनि आजको मिति सम्म सँस्था रिन्यू भएको छैन। सर्वोच्चमा रिट भएकाले बिनोद कुँवर नेतृत्व बाहेकको अरु कसैलाई रिन्यू प्रमाण पत्र दिन-गर्न पनि मिल्दैन। यति मात्र होइन एनआरएनएका नाममा ति अबैध गुटहरुले केहि पनि गतिबिधि गर्न नै मिल्दैन।

७. रिन्यू नभएको सँस्थाको नाममा बाँकी रहेका एमालेको भेरो कमरेड गुट या पुर्णबहादुर खड्का-गगन थापाको लुट्केश गुट जे-जे नामका भने पनि सबै अबैधानिक प्रमाणित भएका छन्। केवल बिनोद कुँवर नेतृत्वको एनआरएनए मात्र जीवित र बैधानिक रुपमा बाँकी छ।

८. एनआरएनएको १० औं महाधिवेशनको बिधान र निवेदन स्वीकृत नगरेका कारण सर्वोच्चमा विचाराधीन मुद्धा छ। त्यसैले कानुन त बिनोद कुँवर नेतृत्वको एनआरएनए मात्रै सर्वोच्चमा रिट निवेदन दिएकाले अदालतको फैसला नभए सम्म आधिकारिक हो र अरु सबै एनआरएनएको नामका झुण्ड अबैधानिक हुन्।

९. कतिलाई लाग्दो हो नेपाल सरकार र पार्टी नेताहरुले मिलाइदिन्छन, त्यो विल्कुलै सहि होइन। त्यसो गर्न गैर कानुनि हुन जान्छ। निवेदन अदातलमा विचाराधीन छ, मुद्धा फिर्ता नभए सम्म या फैसला नभए सम्म सोहि अनुसार गर्न बाहेक अरु या परराष्ट्रमन्त्रालयले केहि पनि गर्न मिल्दैन। अनि कुँवर नेतृत्वलाइ संस्थागत गतिबिधि गर्न अदालतले रोकावट गरेको छैन। 

१०. त्यसैले, गैरआवासीय नेपाली संघ (एनआरएनए) कानुनी रुपमा जम्मा एउटा मात्र छ। बाँकी अबैध गुट मात्र हुन्। होटल याक एण्ड यतिमा मार्च २०२२ मा सम्पन्न भएको संघको आधिकारिक १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बिनोद कुँवर हुनुहुन्छ। अब ११ औं महाधिवेशन मार्च १६-१७, २०२४ मा कसैले नछानीकन, ननिचोरीकन, नचिमोटीकन, स्मार्टको नाममा अबैध रुपले भेरोले नडामीकन, नबेरीकन तर आफैं स्वतह रुपमा प्रतिनिधि बनेका प्रतिनिधिहरु प्रत्यक्ष रुपमा काठमाण्डौमा उपस्थित भएर सम्पन्न हुँदैछ। त्यसमा सहभागी हुन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ ढोका खुला गरिएको छ।

आफ्नो सदस्यता रिन्यू गर्नु, नयाँ लिनु, खुल्दै गरेको महाधिवेशन प्रतिनिधिमा नाम दर्ता गर्नु अनि सहभागी हुनु नै सबैको लागि सुन्दर बाट हो। त्यहाँ एमालेले भनेका क. डा. बद्रि केसी, आरके शर्मा, महेश श्रेष्ठ, कुल आचार्य लगायत सम्मका सबै गुट र आम एनआरएनहरुलाइ स्वागत हुनेछ।