एनआरएनए कतारको १० औं राष्ट्रिय माहाधिवेशन डिसेम्बर १५ मा, सबैलाई निमन्त्रणा

Hollywood Khabar December 12,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५, २०२३ का दिन हुँदैछ।

एनआरएनएको आधिकारिक रुपमा मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न १० औं अन्तराष्टिय महाधिवेशनबाट आएको एक मात्र एनआरएनए छ बाँकी छ। त्यसका अध्यक्ष विनोद कुँवर हुनुहुन्छ। सोहि आधिकारिक संघसँग साझेदार रहेको एनआरएनए एनसीसी कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५ मा हुन लागेको हो। 

अधिवेशनका विभिन्न कार्यक्रमहरु मध्ये साहित्यिक रचना बाचन कार्यक्रम पनि रहेको छ। सो कार्यक्रममा साहित्यकारहरुलाइ बिशेष निमन्त्रणा गरिएको छ भने महाधिवेशनमा सबै एनआरएनहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ।

अध्यक्ष सुरेश भट्टका अनुसार एनसीसीसँग सदस्यता रिन्यू गर्नुभएका, नयाँ लिनुभएका र लिन चाहने सबै गैरआवासीय नेपालीहरुलाइ हार्दिकतासाथ बन्दसत्रमा सेमत स्वागत गरिनेछ।

तपशिल

➡️होटल र्‍याडिसन ब्लु, भेनस सभा हल पहिलो तल्ला

➡️समय: दिनको ठिक १२ बजे