पार्टी र शक्ति दुवैबाट कम्जोर कांग्रेस नेता डा कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागे

Hollywood Khabar December 18,2023 Comments

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नै पार्टी र राजनैतिक शक्ति दुवै तिरबाट कम्जोर भएकाले उनका कुरा उत्ति सारो बिक्दैनन। उसै पनि कम्जोर त्यसमाथि पार्टीका हेपिएका नेता भएकाले उनि कांगेसको अन्तरपार्टी विपक्षमा इतिहासमै सबै भन्दा कम्जोर देखिएका छन्। बेला-बेलामा बोल्ने गरेका नेता डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको रिपोर्ट कार्डको माग गरेका छन्।

सोमबार कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड हेर्न खोजेको बताएका हुन्। नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए। उनले भने, सरकारको कामकारबाहीको कुरा आइराखेको छ। मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ। 

पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौँ नछाड्नु भनेको मैले सुनेको छु, रिपोर्ट कार्ड हेर्नुहोला। म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु। देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ। अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो। प्रधानमन्त्रीज्यू तपाईँको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ। संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस-अपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए।