कांग्रेस मधेस प्रदेशको सम्मेलन विवादित, निधिद्वारा आसन ग्रहण गर्न अस्वीकार

Hollywood Khabar December 21,2023 Comments

बिहीबारदेखि जनकपुरमा सुरु भएको नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रममा विवाद देखिएपछि उद्घाटनमा नै नेता विमलेन्द्र निधिले असन्तुष्टि जनाउँदै मञ्चमा आसन ग्रहण गर्न अस्वीकार गरेका छन्। पार्टीका सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरेका थिए।

कांग्रेस पूर्व उपभापति समेत रहेका निधिले पटक पटक बोलाउँदा पनि मञ्चमा आसन ग्रहण गर्न अस्वीकार गरेर दर्शकदीर्घमै बसिरहेका छन्। सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, प्रवक्ता प्रकाशशरण महत लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी थिए।

त्यसैगरी सभापति शेरबहादुर देउवापछिको वरियता नपाउने भएपछि डा. नेता शेखर कोइराला सम्मेलनमै सहभागी भएनन्। प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिकारुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए।