दलहरु र ठुला मिडिया आफ्नो घोटाला छोप्न रास्वपा र लामिछानेका पछाडी परे

Hollywood Khabar December 26,2023 Comments

नेपालको गत आम निर्वाचनमा भ्रष्ट दलहरुका गठबन्धन र ठुला संचार मिलेर दबाउन लाग्दा पनि ह्वात्त आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाग लिएको संघिय संसदमा दरिलो उपस्थिति देखायो।

त्यसपछि दलहरुलाइ लागेको थियो तराइका भारत परस्त दलहरु जस्तो आफ्नै पुच्छर बनेर रास्वपा आफ्नो सरकारमा आउला, त्यो पनि भएन। अनि दल र भारतीय “र” नियन्त्रित भारतीय मिडियाको नेपालमा घोष्ट लगानी र नियन्त्रण रहेको नेपालमा ठुलो भनिएको मिडिया समेत मिलेर रास्वपा र त्यसका सभापति रवि लामिछाने माथि खनिन थाले।

खासमा सबैका घटी-कमी हुन्छन र लामिछानेका पनि थिए, छन् र होलान। कानुन अनुसार उनि माथि दण्ड, सजाय हुने ठहर भए हुनुपर्छ, त्यो कुरा उनले पनि भनेका छन्। तर आफ्नो पार्टी र भात्री सँस्थाको बर्षौं अधिवेशन गर्न नसक्ने, भ्रष्टाचार गरेर देश डुबाउने पार्टीहरुले आफ्नो त्यो कमजोरी पाटो छोप्नको लागि अर्को माथी कुकुर लगाएको जस्तो प्रष्ट देखियो। दाहालहरुको त्यो कुरा सहि राजनैतिक रुपमा देशलाई होइन नीजिस्वार्थमा देखियो। खराबी खराब नै हो, त्यो जो सुकेको होस् छोप्नु जरुरी छैन। खोइला बिर्केमा तिनै दलका पछि हिड्नेको खोयाको हैसियत देखाए। 

गत महिना एउटा निरिह दुर्गा प्रसाईप्रति सबै दल र राष्ट्रिय रुपमा प्रहरी र सबै राष्ट्रिय शक्ति नै खनियो। प्रसाई अहिले सेलाए। रास्वपा पार्टीले देश भित्र र देश बाहिर पार्टी संपर्क बिस्तार गर्न थाल्यो। अब आउने चुनावमा ठुला भनिएका दलहरु ताछिने देखियो। त्यसपछि फेरी दलहरु रास्वपा र त्यसका सभापति लामिछाने माथि भए-भरका शक्ति लगाएर लागि परेकाछन। 

त्यसैको बीचबाट भारतले कान्तिपुर मार्फत बान्ता गर्न सुरु गरेको त छर्लङ्ग नै भयो। कुनै समाचारको श्रोत अनुसार घटना भन्दा पहिला हुने संभावना भनेर आउन सक्छ। तर घटना भैसकेको भनेर घटना हुनुपहिला नै समाचार दिनुले कान्तिपुरको नियतमा कालो तिल देखियो। खासमा कान्तिपुर नेपाल र नेपालीको लागि होइन, भारतको “र” नियन्त्रित संचार हो, खोज्नेले खोजे हुन्छ।

दलहरुको अनावश्यक शक्ति खर्च गर्ने कारण नेपाली मतदाताहरु वाक्क भएका छन्। त्यसको परिणाम आउने आम निर्वाचनमा देखिने संकेत भने आयो। अब पनि अरुलाई दोष दिएर, अरुलाई खेदेर कसरी सरकारमा पुग्ने ? डुबानमा रहेको अर्थ-तन्त्र कसले उकास्ने ? दलहरुको जवाफ के ?