रास्वपा सभापति लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा दर्ता गराए

Hollywood Khabar January 02,2024 Comments

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशन विरुद्ध जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन्। आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै सभापति लामिछाने अदालत गएका हुन्। सभापति लामिछानेले कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाएका छन्।

अदातलको फैसला कहिले आउला र कसको पक्षमा आउला त्यो भन्दा पनि पछिल्लो दशक भन्दा लामो समय नेपालको राजनीति, सचार, प्रशाशन लगायत क्षेत्रमा दादागिरी गर्दै आएको कान्तिपुरले पहिलो पटक झड्का खाएको हो। 

सभापति लामिछानेको फेसबुकबाटा जस्ताको तस्तै

एउटा  योद्धा  लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु।

म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो। मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।