कांग्रेस, एमाले माओवादी रास्वपासंगको डरले गठबन्धन गर्ने पक्षमा, अब कांग्रेस सकिन्छ

Hollywood Khabar January 03,2024 Comments

आफ्नो पार्टीको काम नगर्ने, सरकारमा बस्दा नागरिकको काम नगर्ने अनि असफल भएपछि ब्यबस्था परिवर्तन भन्ने नेपाली राजनीतिको पुरानो रोग हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएपछि पुराना दलहरुको त्यो रोगले काम गरेन।

प्रजातन्त्रमा निर्वाचन पछि मात्र संबैधानिक संकट आएको अवस्थामा गठबन्धन गर्ने चलन तोडेर निर्वाचन पहिला नै गठबन्धनले गरे त्यो पनि सफल भएन। सबै शक्ति मिल्दा पनि रास्वपा अगाडी आयो। अब सबै दल एकातिर र रास्वपा एक्लो बनाएर गठबन्धन गर्ने पक्षमा छन्। यसको सुरुवात राष्ट्रिय सभाको चुनावबाट हुने भएको छ। अब गठबन्धनमा एमालेलाई पनि समेट्न देउवा-दाहाल लचिलो भएको कुरा आएको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको सबैभन्दा ठूलो नेपाली काँग्रेसका नेताहरूसँग पटक-पटक छलफल गरिसकेको भएपनि त्यसबारे सहमति भएको छैन। त्यसमाथि एमालेलाई समेत एक्लै नछोड्ने प्रधानमन्त्री दाहालको चाहनाले गठबन्धनमा सिट बाँडफाँट गर्न सकस परेको छ। यसको अर्थको पुष्पकमल दाहाल अर्को एक बर्ष प्रधानमन्त्री हुन चाहन्छन। कि कांग्रेसलाइ ब्ल्याकमेल गरेर कि एमालेसँग मिलेर। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरूबीच छलफल भएको थियो। त्यसक्रममा राष्ट्रिय सभामा रिक्त हुने सिटमध्ये गठबन्धनमा रहेका दलले आ-आफ्ना सिटमा उम्मेदवार उठाउने सहमति गरेका छन्। तर एमालेका ९ सिटको भागबण्डा कसरी गर्ने भन्ने विषयमा काँग्रेस र माओवादीबीचमै मतभेद छ।

गठबन्धनमा जसको जति सिट रिक्त हुँदैछ, ती सिट त्यही दलको हुने भन्ने विषय टुङ्गियो, बैठकमा सहभागी एक नेताले भने, अब बाँकी रहेका एमालेका ९ सहित १० सिटको भागबण्डा गर्नुपर्ने कुरा हो। त्यसमा गठबन्धनका दलहरूमात्रै होइन, एमालेलाई के गर्ने भन्ने समेत एजेण्डा आएको छ।

प्रधानमन्त्री दाहालले पूर्व आतंककारी बिल्ला हटाउने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउन एमालेको पनि साथ खोजिरहेका छन्। अन्यथा उनि पनि जनहत्याको कारण कुनै दिन जेल जानेछन। त्यहीकारण पनि दाहालले एमालेलाई पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा साथ लिन खोजेका छन्। त्यसो त प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय हिमचिम बाक्लिएको छ।

अन्तमा, २०८४ को निर्वाचनमा सहज संकेत के देखियो भने- नेपालको सबैभन्दा ठुलो दल रास्वपा हुनेछ। बाम र अन्य भाडाका दलहरु एकातिर हुनेछन र कांग्रेस एक्लो हुनेछ। अनि काङ्गेस घुम्दै फेरी त्यहि रास्वपाको शरणमा गठबन्धन माग्नेछ।