एनआरएनए यूकेले भूकम्पपीडितलाई १० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ

Hollywood Khabar January 04,2024 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आफ्नो कार्यसमिति र अन्य चन्दादाताबाट संकलित ५ हजार ७०३ पाउण्ड, ४७ पेन्स गैरआवासीय नेपाली संघको च्यारिटीको लागि स्थापित सँस्था ग्लोबल एनआरएन फाउण्डेशन र एनआरएनए पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन मार्फत ५ जनवरी २०२४ बिहीबार पीडितलाई दिइएको अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभएको छ।

गत ३ नोभेम्बर २०२३ राती गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र पश्चिम रुकुम लगायत क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिकत बैठक बसी गरिएको आब्हान अनुसार एनआरएनए यूकेले तत्काल भूकम्प पीडितहरुका लागि व्यक्तिगत तथा संस्थागत रुपमा चन्दा आव्हान गरेको थियो।

सो कोषमा गैरआवासीय नेपाली संघले ५० लाख र एमआइटी ग्रुप फाउण्डेशनले रु. ५० लाख गरि १ करोड सहयोग कोष गर्ने तयारी गरिएको थियो। एनआरएनएले प्लेज गरेको रकम ५० लाख मध्येको बेलायतको यो सहयोग पनि एक हो।

एनआरएनए यूकेका लागि चन्दादाताहरु निम्न छन्:

  • चन्द्र बहादुर राई, अध्यक्ष किराँत राई यायोक्खा बेलायत तथा ध्रुवसरि राई अध्यक्ष किराँत राई यायोक्खा ग्रेटर रसमोर ब्रान्च, बेलायत- पाउण्ड १२७५.००
  • गो फण्डबाट- पाउण्ड ४८०.४७
  • नरेश गुरुङ, अध्यक्ष नेपाली मुलवासी, युनाइटेड यूके- पाउण्ड ५५५.००
  • एनआरएनए आइसीसी सदस्य शारदा गुरुङ र परिवार - पाउण्ड ४०७.००
  • कुमार फगामी, अध्यक्ष मोना यूके- पाउण्ड ३००.००
  • वीर बलाल, अध्यक्ष गुल्मी जिल्ला समाज यूके- पाउण्ड १५०.००
  • कार्यसमितिबाट- पाउण्ड १०५८.००
  • योगेन क्षेत्री, एनआरएनए यूके पूर्व अध्यक्ष- पाउण्ड ३००.००
  • डा. राघव धिताल (ओबीइ), एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउण्ड २००.००
  • वीर बहादुर थापा, एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउण्ड ५०.००
  • नारायण पराजुली, एनआरएनए यूके सल्लाहकार- पाउण्ड १००.००
  • रत्न राई, कोषाध्यक्ष राज्य समन्वय परिषद वेल्स - पाउण्ड ५०.००
  • डेभिड गुरुङ, संरक्षक एनआरएनए यूके- पाउण्ड १०१.००
  • भरत रोका क्षेत्री, संरक्षक एनआरएनए यूके- पाउण्ड ५०.००
  • हितमान गुरुङ, सह–संयोजक गोर्खा टाक्स फोर्स एनआरएनए यूके- पाउण्ड ५१.००
  • डा. भिम पुन, अध्यक्ष छानविन समिति एनआरएनए यूके- पाउण्ड ५१.००
  • एमआर कंडेल, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड २१.००
  • सुमन पुन, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड १००.००
  • ओमप्रसाद थापा काउचा, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड ५१.००
  • लिला सेलिङ माबो, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड ५१.००
  • लेख गुरुङ एनआरएनए यूके सल्लाहकार- पाउण्ड ५५.००
  • नरमती पुन, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ३५.००
  • चुडाक थापा मगर, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ५१.००
  • गोमा राना, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ३०.००
  • दिपक सुब्बा उपध्यक्ष राज्य समन्वय परिषद वेल्स - पाउण्ड ५०.००
  • बद्री योङया, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ५१.००
  • राम गलामी, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ३०.००
  • जम्मा संकलित  रकम- ५,७०३.४७ पाउण्ड