काण्डै-काण्डको सरकार: प्रधानमन्त्री दाहालको राजीनामा माग्दै नेविसंघद्वारा प्रोटेष्ट

Hollywood Khabar January 05,2024 Comments

कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । सरकार काण्डै काण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि वालुवाटारसम्म मार्पपास गरेको हो। नेविसंघका प्रदर्शनकारीहरुले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन्। 

बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरुको मृत्यु भएको भन्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरुले युवालाई छातीमा गोली होइन रोजगार दे, काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे लेखिएका व्यानर प्रदर्शन गरेका थिए।