एनआरएनए चिलीको परिचय कार्यक्रम, आइसीसी अध्यक्ष कुँवर र पूर्व अध्यक्ष डा. घले अतिथि

Hollywood Khabar January 06,2024 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)  चिलीले आयोजना गरेको नव निर्वाचित कार्यसमितिको परिचय तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। 

जनवरी ६, २०२४ शनिबार आयोजित कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष बिनोद कुँवर, पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक डा. शेष घले, आइसीसी उपाध्यक्ष बिआर लामा, महासचिव जानकी गुरुङ, सचिव कृष्ण के सी, आरसी कृष्ण पोख्रेल, आइसीसी सदस्य रामजी लामिछाने, एनसीसी अमेरिका अध्यक्ष सुर्य लम्साल, सचिव डिल्लीराम ढुंगाना, सदस्य सन्दिप पौडेले लगायत उपस्थित हुनुहुन्थ्यो। 

२०१५ देखि सुरु भएको एनआरएनए एनसीसी चिलीले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो। दक्षिण अमेरिकामा रहेको यो देशमा सानो संख्यामा नेपालीहरुको बस्ति छ। चिलीमा नेपाली राजदूतावासको सेवा छैन, ब्राजिलबाट सेवा लिनुपर्छ।

चिलिले एनआरएनए आइसीसीले संकलन गरेको भुकम्प प्रभावित सेवा कोषमा ८० हजार भन्दा धेरै रकम सहयोग गरेको थियो। गत १० औं महाधिवेशनमा ३ जना प्रतिनिधि गएकामा यो पटक मार्च २०२४ मा हुने ११ औं अन्तराष्ट्रिय महाधिवेशनमा ४ जना भन्दा धेरै प्रतिनिधिहरु उपस्थित हुने भएका छन्। यो ऐतिहासिक रेकर्ड हो।