रक्सी खाइने पर्वमा जान्न भनेका मेयर खरेल “कट इन पिक्चर-रेडलेबल”

Hollywood Khabar January 07,2024 Comments

तेजन खड्का, उर्लाबारी/लिम्बू संस्कति माथि प्रहार गरेपछि उर्लाबारीका मेयर गंगाप्रसाद खरेल आलोचित भएका छन् । गत पुस १० गते देखि १४ गतेसम्म उर्लाबारी-९ आम्बारीमा लिम्बू जातिकाे सबैभन्दा ठुलाे चाड  चासोक तङ्नामका अवसरमा सांस्कृतिक मेलाको आयाेजना गरिएको थियोे । मेलामा मेयर खरेललाई पनि अतिथिको रुपमा निमन्त्रणा गरिएको थियोे । तर,मेयर खरेलले   जाँडरक्सी खाईने पर्वमा जान्न मात्रै भनेनन ।उनी ५ दिनकाे कुनै कार्यक्रममा आम्वारी पुगेनन । नगर प्रमुख जात,धर्म,लिंग र वर्ण भन्दा माथि उठ्नु पर्थ्याे । उनी नजान सक्थे तर,जान्न भन्ने सार्वजनिक अभिब्यक्ति दिनु हुँदैनथ्याे।

जब किराँत संस्कृतिमा रक्सी मदिरा मात्रै हाेइन। जन्मदेखी मृत्युसम्म आवश्यक पर्ने प्रसादी हाे । मुन्धुमले माग्ने प्रसादका रुपमा लिइने  जाँडरक्सी लाई तुच्छ रुपमा मेयरले लिएपछि उनी यतिबेला देशभर आलाेचित भएका छन्। कुनै समयका  नामुद जँडिया भनेर चिनिएका  मेयर  खरेल अहिले ओम शान्ति भन्दै आदर्शकाे भाषण  छाट्ने गर्छन। उनलाई नजिकबाट चिन्नेहरू भन्छन् - बिगतमा मेयर खरेल  प्रहरीको बर्दी खाेस्ने,प्रहरी कुट्ने देखि ओमशान्तिकाे गाडीमा सुन ओसार पसार गर्ने सम्म  गर्थे । अहिले जाँडरक्सी खानुहुँदैन भनेर हरेक कार्यक्रममा प्रवचन दिदै हिँड्ने गरेका छन् । आफ्नो संस्कृति माथि प्रहार हुँदा लिम्बू समुदाय मेयर खरेलसँग रुस्ट छन्। सामाजिक सन्जालमा यस बिषयमा निकै टिकाटिप्पणी भईरहेको छ। जाँडरक्सी भएको ठाउँमा जादिँन भन्ने मेयर खरेल उर्लाबारीका ज्वाई समेत रहेका काठमाडाैं महानगरका मेयर बालेन शाहसँग ब्ल्याकलेबलमा झुल्किएपछि अझै आलोचना भएको छ । मेयर खरेलले बालेनको ससुराली उर्लाबारीमा ब्ल्याकलेबल देखिने गरि तस्बिर खिचाँएका छन् । किराँती संस्कृतिमा चेसुङको रुपमा लिईने रक्सीको बिरोध गरेका मेयरले महंगो रक्सीलाई भने केहि भनेका छैनन् । 

त्यसो त केहि पालिकाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने भनेर अवधारणा समेत ल्याएका छन् । किराँत याक्थुम चुम्लुङ उर्लाबारी अध्यक्ष बानु सुब्बाले सामाजिक सञ्जाल मार्फत मेयर खरेलको कार्यशैली प्रति टिप्पणी गरेकी छिन् । हामी जनजातिले लिम्बू समुदायको महान चाँड चासोक तङ्नाम पर्वमा यसो संस्कृति पहिचान झल्काउँदै खाएकै निउँमा कार्यक्रमको प्रमुख अतिथी आसन ग्रहण गर्न बर्खास्त गर्नुहुने हाम्रा नगर प्रमुख ज्यू तर काठमाडौंको मेयर (ज्वाई) आउँदा दिउँसै रेड लेबलसँग फोटो खिचाँउदा त्यहाँ ओम शान्ति लागु भएन र भन्या, अध्यक्ष सुब्बाले प्रश्न गरिन । गंगे बिदेशी रक्सी चाँहि खान हुने अरुले चाँडपर्वमा खाएको कुरा काट्ने भन्दै भक्त पन्धाकले सुब्बाको पोष्टमा प्रतिक्रिया जनाएका छन्। त्यसो त कर्ण मादेम्बाले त झन मेयर खरेलको कार्यशैली प्रति खुल्ला पत्र नै लेखेका छन् ।