ललितपुर/ललितपुरको गोदावरी नगरपालिकाले १४ औं नगरसभा सम्पन्न गरेको छ। नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीमा नगर प्रमुख गजेन्द्र महर्जनले नगरसभाको उद्घाटन गरेका थिए। नगरसभामा चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गरिएको थियो।
नगर उपप्रमुख मुना अधिकारीको अस्वस्थताका कारण प्रगति समीक्षा प्रतिवेदन नगर प्रवक्ता मिलन सिलवालले प्रस्तुत गरेका थिए।
सभामा नगर प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्मको नीति योजना तथा बजेटको प्रगति, बजेट तथा कार्यक्रम संशोधन, नगरपालिकाको शिक्षा ऐन २०७९ पहिलो संशोधन, निर्माण कार्य / वस्तुहरूको प्रयोगशाला परीक्षण दर रेट स्वीकृति सम्बन्धी, नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण लगायत सम्बन्धी कार्यसूची प्रस्तुत गरेका थिए। नगर प्रमुख महर्जनद्वारा प्रस्तुत विषय र कार्यसूची नगरसभाले पारित समेत गरेको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु