न्यायाधीशकी पत्नीले न्याय नपाउने:सर्वोच्चको गेट अगाडी न्यायाधीश पत्नीद्वारा आत्मदाह प्रयास

Hollywood Khabar January 15,2024 Comments

नेपालमा न्यायधिसकी पत्नीले पनि न्याय नपाउने देशको न्यायको हालत कस्तो होला भन्ने प्रश्न उठेको छ। कानुन भन्दा माथी कोहि पनि छैन कानुन सबैको लागि समान र न्यायिक रुपमा लागु हुनुपर्छ। उसो त पूर्व प्रधानन्यायधिसहरु पनि राजनीतिको शिकार भएका छन्। उनिहरु पनि अन्यायमा परेका छन्। तर यो पटक भने कुरा फरक छ। 

जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालत बाहिर आत्मदाहको प्रयास गरेकी छन्। काठमाडौंको सामाखुशी बस्ने ३९ वर्षीया आरती रावल गिरीले आत्मदाह कोसिस गरेकी हुन्। सर्वोच्च अदालतको गेट बाहिर मट्टितेल खन्याएर उनले आत्मदाहको प्रयास गरेकी हुन्।

जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको हो । प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षा कर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन्।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन्। भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल र मट्टितेल खन्याइन्। तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे। त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको थियो। उनले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।