एनआरएनए, एमआइटी फाउण्डेशन र नेपाली राजदूतावासद्वारा आयोजित Sports Global Tourism गोष्ठीमा पर्यटनमन्त्री सिर्पाली प्रमुख अतिथि

Hollywood Khabar January 21,2024 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल एनआरएन फाउण्डेशन, एनआरएनएका पूर्व अध्यक्ष डा शेष घले र पूर्व आइसीसी सदस्य जमुना घले गुरुङको एमआइटी ग्रुपको एमआइटी फाउण्डेशन र नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीकोद्वारा संयुक्त रुपमा एक दिने Sports Global Tourism गोष्ठीको आयोजना गरिएको छ।

दक्षिण कोरियाको राजधानी सउलमा यही फेब्रअरी ६, २०२४ मंगलबारका दिन आयोजित उक्त कार्यक्रम ग्लोबल एनआरएन फाउण्डेशन, एमआइटी फाउण्डेशन, नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीको संयुक्त आयोजना रहेको छ। यसमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) दक्षिण कोरिया तथा NESPO को सह-आयोजनामा रहेको छ।

उक्त गोष्ठीमा सहभागी हुन, संस्कृति  पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी मन्त्री सुशीला सिर्पाली ठकुरी,  दक्षिण  कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी,  राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंकलाल घिसिङ द. कोरियाका लागि पाकिस्तानी राजदुत नबिल मुनिर, द. कोरियाका लागि  श्रीलङ्काका राजदुत सावित्री इन्द्रचापा, द. कोरियाका लागि कम्बोडियाका राजदुत चिरिङ बटमरेन्से लगायत, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले सहित  कोरियाका विभिन्न विश्व विद्यालयका सम्बन्धित विषयका विज्ञहरुको उपस्थित रहने छ।

उक्त गोष्ठीको प्रमुख उद्देश्य ज्ञान, अनुभव आदानप्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि एक गतिशील प्लेटफर्म स्थापित गर्ने रहेको उक्त कार्यक्रमका मुख्य आयोजक गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) का अध्यक्ष विनोद कुवँरले बताउनु भएको छ।

यस कार्यक्रमा विशेष गरी नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने छ भने खेल पर्यटन र राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूबाट उहाँहरुको अनुभव बाट धेरै कुरा जान्न सकिने र नेपालको विकासमा यस कार्यक्रमबाट लाभ हुने विश्वास राखिएको छ।

यस गोष्ठीले नेपालको पर्यटन तथा राष्ट्रिय बिकासका अन्य सम्भावनाहरूलाई बढाउन टेवा पुन्ने विश्वासका लिइएको छ। यसका साथै कार्यक्रमको सम्पूर्ण तयारी पूर्ण रुपमा भएको जानकारी अध्यक्ष कुवँरबाट प्राप्त भएको छ।