जेसिसको वर्ष व्यक्ति सम्मानमा ललितपुरका सञ्जेलका साथमा अन्य दुइ

Hollywood Khabar January 27,2024 Comments

२५ औं नेतृत्व पदस्थापना तथा व्यक्तित्व सम्मान कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। चम्पापुर जेसिसले आयोजना गरेको कार्यक्रममा सन् २०२४ को नयाँ टिमलाई पद हस्तान्तरण भएको छ।  नयाँ नेतृत्व ललितपुर भटेडाँडाका विनोद तिमल्सिनाले ग्रहण गरेका छन्।

प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सन् २३ का व्यक्तित्वलाई सम्मान हस्तान्तरण गर्नु भयो। सन् १९९९ मा सुरु भएको जेसिसको यो २५ औं नेतृत्व हो। कार्यक्रममा विशेष अतिथि ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, राष्ट्रिय जेसिहरु, मातृ शाखाका प्रमुख/प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा ललितपुर इकुडोलका युवा व्यक्तित्व शिक्षा तथा सञ्चारकर्मी नवराज सञ्जेल-आरजे, कलाकार सीतादेवी घिमिरे (चन्द्रमूखी), सहकारीकर्मी राजेन्द्र घिमिरे (इमेज) लाई सम्मान गरियो। हरेक एक एक वर्षमा नेतृत्व परिवर्तन हुने जेसिसमा १८ वर्ष देखि ४० वर्षका युवा मात्र समेटिन्छ।