आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा बालधोज लिम्बु पक्राउ

Hollywood Khabar January 29,2024 Comments

नेपाल प्रहरी, ईलाम/आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा माङसेबुङ  गाउँपालिका-२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ उनीहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।