अशोभनीय अविब्यक्तिका कारण राप्रपा सभापति लिङदेन बिवादमा, नेताहरु आमने-सामने

Hollywood Khabar January 31,2024 Comments

झापा।अध्यक्ष राजेन्द्र लिङ्गदेनको एउटा टिप्पणीको केन्द्रीय सदस्य तथा कलाकार रेखा थापाले सामाजिक सञ्जालबाट प्रतिवाद गरेपछि पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेताहरु आमने–सामने भएका छन।

लिङ्गदेनले एक कार्यक्रममा थापातर्फ संकेत गर्दै ‘एक महिला सन्तान जन्माउन अमेरिका गएको टिप्पणी गरेका थिए। सो टिप्पणी कारण लिङदेनले सन्जाल भरि गालि भेटिरहेका छन, बिवादमा तानिएका छन। प्रतिवादमा रेखाले लिङ्गदेनमाथि उल्टै गम्भीर प्रश्न उठाएकी छन्। देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थियो। अमेरिकामा किन राखेको ? उनको प्रश्न छ। 

रेखाका अनुसार लिङ्गदेनकी छोरी हाल अमेरिकामा छिन् भने छोरा मिसिनरी स्कुलमा पढेका हुन्। आफ्नो छोरा मिसिनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि? उनको प्रश्न छ।

रेखाले सबै पोल खोलिदिएपछि पार्टीभित्रै एकथरीले लिङ्गदेनले सरकार र व्यवस्थाको विरोधका लागि मात्र राष्ट्रवादको साहारा लिएको भन्न थालेका छन्। दिनहुँ हिन्दुधर्म र राजसंस्था सम्बन्धमा चर्का कुरा गर्ने राप्रपाका अन्य नेताहरुको अवस्था पनि लिङ्गदेनको भन्दा फरक नभएको बताइन्छ। त्यसो त लिङदेनले रेखा माथि अन्याय गरेका छन । 

अधिकाङ्स सामाजिक सन्जाल प्रयोग कर्ताहरु रेखाको पक्षमा छन। गत प्रतिनिधि सभा निर्वाचनमा आफु चाहि एमाले सङ एलायन्स गरेर चुनाब जितेका लिङदेनले रेखालाई चाहि एमाले सङ्ग एलायन्स नगरि चुनाब हराएका थिए। केपि ओली र उनको पार्टी एमाले जिताउन, आफु जित्न जे पनि गर्छन लिङदेन, एक आजित कार्यकर्ताले भने, मलाई त राप्रपाको अध्यक्षको गतिविधि हेर्दा मिनि एमाले झै लाग्छ। 

त्यसो त लिङदेनले राप्रपामा जन लहर ल्याउन, महिला दिदि बहिनिहरुको मन जित्न रेखालाई हरेक आम सभामा भाषण गर्न लगाएर युज गरेको अहिले आएर पुष्टि भएको कार्यकर्ताहरुको गुनासो छ। अर्काको निजि लाइफमा अन्टसन्ट बोल्ने अधिकार उनलाई छैन, राप्रपा कार्यकर्ता गोपाल निरौला भन्छन: रेखासङ्ग लिङदेनले माफी माग्नु पर्छ।