नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फागुन ३ मा बस्ने निर्णय

Hollywood Khabar February 11,2024 Comments

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फागुन ३ गते बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० फाल्गुण ३ गते बिहीबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ ।

आगामी फाल्गुण ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा केन्द्रित रहने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’ मुख्यसचिव पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।