राजेन्द्र विश्वविद्यालय राप्रपा इतिहासमै सर्वाधिक असफल, चेन अफ कमाण्ड ध्वस्त

Hollywood Khabar February 19,2024 Comments

राजेन्द्र लिङदेन राप्रपा अध्यक्ष बन्दा उनीबाट आशा धेरै राखिएको थियो । तथापि उनको कार्यकाल हेर्दा राप्रपाकै इतिहासमा ‘राजेन्द्रको विश्वविद्यालय’ सबैभन्दा द्विविधाग्रस्त र असफल रहेको प्रतीत हुन्छ । पार्टीको सफलतामा नेताको भूमिका प्रभावकारी हुन्छ तर गति र दिशा दिने कुरा परै जाओस् लिङदेन आफैं के चाहन्छन् भन्ने नै प्रष्ट छैन।

सरकारमा जाने, सुशासन दिने अनि गणतन्त्र बलियो बनाउने कि ? आन्दोलन गरेर अवस्था र व्यवस्था परिवर्तन गर्ने । आमाको रगत खाने, पैसा नखाने, कुर्सीको फोहरी खेलमा नलाग्ने आदर्शको अग्लो कुरा गर्छन् तर सोही उच्च आदर्श पार्टीमा लागू गर्न चुक्छन् । विधीमा केन्द्रीत नवीन राप्रपा भन्छन् तथापि पार्टी र अध्यक्ष स्वयमलाई हावा खुवाउने कोशीमा सभामुख खाने कदमलाई प्रदेशस्तरको निर्णय भन्दै लिङदेन निरिहता प्रदर्शन गर्छन्।

म विदेशमा भएको बेला कोशीमा निर्णय भयो भन्ने लिङदेनको सार्वजनिक स्वीकारोक्तिले, राप्रपाका एक नेताका भनाइमा, लिङदेनकालीन राप्रपामा जुन तहले जतिखेर जे जस्तो निर्णय गरेपनि हुन्छ भन्ने अवस्था स्थापित गरेको छ । ‘कोशी प्रकरणमा राप्रपा भित्रको विधीविधान र तहगत चेन-अफ-कमाण्ड ध्वस्त भयो । यस विषय र सबै अवस्थामा नेतृत्वलाई सहयोग गर्न हामी तयार छौं, पार्टीलाई सही बाटोमा ल्याउन तम्तयार छौं । खोइ तर अध्यक्षको के हो बाध्यता ? चुइक्क बोल्नु हुन्न, पार्टीको औपचारिक वैठक नै बोलाउनु हुन्न, एक पदाधिकारीले भने।

कोशीमा सभामुख बनेका अमर विष्टलाई अहिलेसम्म राप्रपाले औपचारिक रुपमा बधाइ दिएको छैन । भूवन पाठक बागमती सभामुख र मेनुका खाँड लुम्बिनी उपसभामुख बन्दा केन्द्रीय कार्यालयमा स्वागत अभिनन्दन गरिएको थियो। त्यसैले राजनीतिक रुपमा विष्ट राप्रपाबाट बेवारिसे बनेका छन् । लिङदेनले ‘बेवारिसे सभामुख’को न त पक्षमा न त विपक्षमा निर्णय गराउन सकेका छन्। कोशीमा पार्टीको मान्छे सभामुख बनेको डेढ महिना बितिसक्यो तर सभामुखबारे राप्रपाको औपचारिक धारणा छैन।  पहिलेका अध्यक्षहरु जस्तो असफल विश्वविद्यालय चलाउँदिन भनेर फूर्ती गर्ने लिङदेनको हबीगत पनि देखियो। 

राजेन्द्रको विश्वविद्यालयको ताल हेर्दा उनी आखिर राजनीतिक बाछो रहेछन्, लोभी रहेछन् भन्ने साबित भएको छ। कम्तिमा प्रजातान्त्रिक पार्टीमा बहस र छलफल गराउनु पर्ने, अल्पमतमा छु भन्दै कार्यसम्पादन र केन्द्रीय समिति फेस नगरेर भाग्दै हिँडेका छन्,’ कार्यसम्पादन समितिका एक सदस्य भन्छन्। राप्रपा अधिबेशन अगाडी मेरो यस्तो आलों काँचों ब्यक्ति राजेन्द्र लेनदेनलाई समर्थन छैन भनेर आफ्नै हस्तलिखीत बिज्ञप्ती नै पुर्व अध्यक्ष पशुपतिशम्शेर ले जारी गरेका थिए अहिले त्यो कुरा प्रमाणित नै भयो।

अध्यक्ष लिङदेनको आन्दोलन प्रतिको निष्ठामा समेत प्रश्न गर्छन् समर्थकहरु । त्यसो त राप्रपा मूल आन्दोलन समितिका अध्यक्ष भएपनि अहिलेसम्म उनले मूल समितिको एउटै वैठक बोलाएका छैनन्। आन्दोलनबारे बीचबीचको भाषा प्रयोग गर्छन् । राप्रपाका एक नेताका अनुसार, महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलसम्शेर राणा र टीमको भूमिका नहुने हो भने आन्दोलन तुहीने बाटोमा गइसक्ने थियो । पार्टीपंक्तिको दवाबकै कारण आन्दोलनमा आउन लिङदेन बाध्य भएका हुन्।