अविरल वर्षाको कारण हालसम्म १११ जनाको मृत्यु

अविरल वर्षाको कारण हालसम्म १११ जनाको मृत्यु

Hollywood Khabar October 22,2021 Comments


अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १११ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा एक जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, छ वटा पुल, एक वटा विद्यालय र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८ वटा घर परिवार विस्थापित भएका छन् ।