शेयर राख्ने खाता डिम्याट खाताको संख्या ४६ लाख नाघ्यो

शेयर राख्ने खाता डिम्याट खाताको संख्या ४६ लाख नाघ्यो

Hollywood Khabar November 08,2021 Comments

शेयर राख्ने खाता डिम्याट खाताको संख्या ४६ लाख नाघेको छ । शेयर बजारमा नयाँ लगानी भित्रने क्रमले एक महिनामा नै एक लाख नयाँ डिम्याट खाता थपिएका छन् ।

शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने कार्यालय सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार सम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय पुगेको छ । सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको छ । मेरो शेयरबाट साधारण शेयर आईपीओ भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरुले आईपीओ भर्न समेत बैंकमा पुग्नु पर्ने हुन्छ ।

डिम्याटमा भएका शेयर संख्या समेत वृद्धि भएको छ । अहिले ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ कित्ता शेयर डिम्याटमा रहेका छन् । चार वर्ष पहिले कागजी रुपमा रहने शेयर प्रमाणपत्र युगको अन्त्य गर्दै डिम्याट खाता अनिवार्य गरिएको थियो । तर अझै पूर्ण रुपमा शेयर डिम्याटमा आइनसकेको सिडिएससीको भनाइ छ ।