बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेङ्गुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेङ्गुका बिरामी फेला परेका छन् ।
यसैगरी, काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा ४ सय २९ र धादिङमा तीन सय ९९ जना डेङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु