दोस्रो खुल्ला फुटसल प्रतियोगिता विजेतालाई ५० हजार नगद पुरस्कार

दोस्रो खुल्ला फुटसल प्रतियोगिता विजेतालाई ५० हजार नगद पुरस्कार

Hollywood Khabar October 09,2022 Comments

चिरञ्जीवी नेपाल काठमाडौँ

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित गाम्चा फुटबल क्लबको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । कात्तिक ०६ र ०७ गते दुई दिन हुने फुटसल प्रतियोगितामा काठमाडौँ उपत्यका सहित अन्य जिल्लाका क्लबहरू पनि सहभागी हुन पाउने छन् । प्रतियोगिताको लागि सहभागी हुन आश्विन २१ गते देखि दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ ।

प्रतियोगिताको दर्ता समय यही कात्तिक ०३ गतेसम्म रहने छ । दर्ताका लागि पाँच हजार शुल्क लाग्ने प्रतियोगिताका संयोजक रामचन्द्र श्रेष्ठले बताउनुभएको छ । विजेता टिमलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताएका छन् ।

त्यस्तै, रनरअप टिमले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली फुटसल एण्ड रि–क्रियशन सेन्टर गाम्चामा हुने प्रतियोगिता गाम्चा फुटबल क्लबद्वारा आयोजना गरिने फुटसलको दोस्रो संस्करण हो ।