संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल

गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल

Hollywood Khabar October 17,2022 Comments

सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा गरिएको अपिलमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न भनिएको छ ।

विसं. २०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको साझा उद्देश्य मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक भएको संसद् विघटनलगायतका क्रियाकलापविरुद्ध संविधानको रक्षा गर्नुपर्ने आवश्यकता रहेको जनाइएको छ ।