जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

Hollywood Khabar April 10,2022 Comments

जनकपुरधाममा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।  सोमबारआयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेसन ९अमेरिका० सँगको सहकार्यमा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेसनका अध्यक्ष डा विनय शाहले जानकारी दिए।

डा शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए। उनले नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्ने जानकारी पनि उनले दिए। अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी डा शाहले गरे।  

बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ। हाल जनकपुरधाम मा बिटिएफसिसी को २५ शय्याको अस्पताल सञ्चालनमा रहेको छ। विनयतारा क्यान्सर ट्रस्ट २०७५ गैर नाफामुखी संस्थाका रूपमा स्थापना भएको हो। स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न समर्पित यस ट्रस्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको छ। 

बिटिएफसिसीको आफ्नो भवन निर्माण गरी यसलाई अन्तर्राष्ट्रिय स्तरको अस्पतालका रूपमा स्थापित गरेपछि ट्रस्टले आफ्ना अन्य योजनालाई अगाडि बढाउने बताएको छ। विनयतारा फाउन्डेसन  (अमेरिका) क्यान्सरको शिक्षा तथा उपचारका क्षेत्रमा कार्यरत गैरनाफामुखी गैरसरकारी संस्था हो।