कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।
बजेटमाथि उठेका जवाफको मुख्यमन्त्री तथा मन्त्रीहरुले जवाफ दिइसके पछि मुख्यमन्त्री जीवन बहादुर शाहीले बजेट पारित गरियोस् भनेर प्रस्ताव राख्नु भएको थियो । सभामुख राजबहादुर शाहीले बजेट पारितका लागि निर्णाथ प्रस्तुत गर्नुभएको प्रस्ताव माथि सत्ता पक्षले प्रदेश सभा सदस्यहरुले हुन्छ भनेका थिए भने प्रमुख प्रतिपक्षले हुन्न भनेका थिए ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको थियो । सरकारले चालुतर्फ नौँ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ, पुंजिगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार रुपियाँ र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार रुपियाँ बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्षमा अधुरा तथा क्रमागत योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु