काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेको स्रोतले जनाएको छ । २०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ रहेको थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु