किस्पाङमा एमाले र माओवादी बिच तालमेल खारेज गर्न निर्देशन

नुवाकोटको किस्पाङमा एमाले-माओवादी तालमेल खारेज गर्न निर्देशन

Hollywood Khabar April 27,2022 Comments

पाँच दलीय गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल गर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने गठबन्धनका शिर्ष नेताहरुले निर्णय गरेका छन् । 

गठबन्धन दलको  निर्णय सँगै नुवाकोटको किस्पाङ गाउँपालिकामा भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेल पनि खारेज हुने भएको छ । शिर्ष नेताहरुको यस्तो निर्दैशन आएपछि किस्पाङमा कि नेकपा माओवादी केन्द्रले एमालेसँगको तालमेल छोडेर नेपाली काँग्रेसलाई सघाउनुपर्ने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनको निर्णयविपरीत अन्य राजनीतिक दलसँग गरिएको तालमेल तुरुन्त खारेज गर्नुपर्ने निर्णय गरेको हो।  नुवाकोटको किस्पाङ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेर चुनावमा जाने सहमति गरेर दुई राजनीतिक दलले साझा उमेद्वारी दर्ता गराएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका  विरवल तामाङ र उपाध्यक्षमा माओवादीका अर्जुन न्यौपानेले उमेद्वारी दर्ता गराएका छन् । साथै , किस्पाङ काँग्रेसले एकलै चुनावी मैदानमा उत्रिने तयारी गरेको छ।  एमाले र माओवादीको तालमेल अविलम्व खारेज गर्नुपर्ने निर्देशनले किस्पाङमा काँग्रेसले जित्ने पक्कापक्की जस्तै देखिएको छ।

गठबन्धनको तर्फबाट सात बुँदे सहमति गरेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

-यस्तो छ सत्तारुढ दलले गरेको निर्णय: