महिलाले पुरुष बनेर महिला बलात्कार गर्दा सात बर्ष जेल

Hollywood Khabar January 10,2017 Comments

महिलाबाट महिला बलात्कार हुनसक्ने भन्दै सर्वोच्चअदलातले नजिर प्रतिपादन गरेको छ।  सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक अनौठो तथ्यसहित नजिर प्रतिपादन गरेको हो।  सङ्खुवासभा जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो।

फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए।  प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए। लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढे पछि  लाक्पा  केटा नभई केटी हो भन्ने हल्ला चलेपछि लाक्पाको शरीर परीक्षण गर्दा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा  सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय सुनाएको हो ।

नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो।