स्थानीय चुनाव: एक लाख ५२ हजार उम्मेदवार

स्थानीय चुनाव: एक लाख ५२ हजार उम्मेदवार

Hollywood Khabar April 27,2022 Comments

स्थानीय तह निर्वाचनका लागि एक लाख ५२ हजार चार सय ६५ जनाले उम्मेदवारी दिएका छन्। वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ।

निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार चार सय ९४ उम्मेदवारी परेको छ। यस्तै अध्यक्षमा तीन हजार तीन सय ८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
वडाध्यक्षमा ३५ हजार दुई सय ५६ र सदस्यमा ५५ हजार चार सय ७१ जनाको उम्मेदवारी परेको छ।

आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो। यसैबीच आयोगले बिहीबार उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।