मौरी पालक महासंघ नुवाकोटको अध्यक्षमा भिमप्रसाद अधिकारी चयन

मौरी पालक महासंघ नुवाकोटको अध्यक्षमा भिमप्रसाद अधिकारी चयन

Hollywood Khabar August 27,2022 Comments

नुवाकोटका मौरी पालक किसानहरु एकजुट भएका छन् । ‘आर्थिक संकटको निकास कृषि र मौरी पालनको विकास’ भन्ने मूल मन्त्रको साथ मौरी पालक किसानहरु एकजुट भएका हुन् । प्रथम मौरी पालन किसानहरुको भेलाले नेपाल मौरी पालन महासंघ जिल्ला शाखा समेत बिस्तार गरिएको छ । जिल्ला शाखा नुवाकोटको अध्यक्षमा भिमप्रसाद अधिकारी, बरिष्ठ उपाध्यक्षमा बेगबहादुर बोगटी, उपाध्यक्षमा विष्णुप्रसाद सिलवाल,  महासचिवमा रामचन्द्र भण्डारी, सचिवमा गंगाा तामाङ र कोषाध्यक्षमा सीता घिमिरे चयन भएका छन् ।

यस्तै सदस्यहरुमा तुलकुमारी अधिकारी, रामकृष्ण थापा, गौतम न्यौपाने, लालबहादुर लामा, अर्जुन गुनी, भद्रबहादुर राना र शिभराम न्यौपाने रहेका छन् । मौरी पालन ब्यवसाय बिस्तार गर्न आवश्यक प्रक्रियाको लागि सामुहिक रुपमा सरकारी निकायसँग सहकार्य गर्नको लागि मौरी पालक किसानहरु एकजुट भएको अध्यक्ष भिमप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । मौरि पालन ब्यवसाय बिस्तार गर्न तालिम, परामर्श र बिबिध कार्यक्रम सञ्चालन गर्न सहजिकरण गर्ने उद्देश्य मुख्य उदेस्य रहेको अध्यक्ष अधिकारीले बताउनुभएको छ