माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

Hollywood Khabar October 17,2022 Comments

नेकपा (माओवादी केन्द्र) सत्ता गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समय यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभएकाे छ ।

माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । आज मङ्गलवार फेरि अर्को विज्ञप्तिमार्फत थप समय दिइ उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । यस समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो ।