-Surya Lamsal, President, NRNA US

गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सुर्य लम्साल

Hollywood Khabar September 02,2022 Comments

विज्ञप्ति

गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका अथवा गैरआवासीय नेपाली संघ अमेरिका समेत भन्नेगरी गैरआवासीय नेपाली संघको चालु बिधानको धारा २२:९ को १ देखि ८ सम्मको प्राबधान अनुसार यो तदर्थ समिति गठन गरिएको हो।

अगष्ट १९, २०२२ मा भएको पहिलो बैठक र अगष्ट २६, २०२२ मा भएको क्षेत्रका सल्लाहकारहरु एसी शेर्पा, पासाङ्ग लामा, उपाध्यक्ष बिआर लामा, सचिव कृष्ण के सी, आरसी कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु डा नविन खनाल, छोङ्गकर्मा शेर्पा, शशि अधिकारी, पवन योञ्जन, रामबाबु पाण्डे र भक्त भण्डारी समेतको उपस्थितमा सुर्य लम्सालको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ।

मार्च २२-२५, २०२२ सम्म काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को १० औं महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्वले सहकार्यमा काम गर्न आउने देशमा सोहि गैरआवासीय नेपाली संघ र नआउने देशमा तदर्थ समिति गठन गर्दै जाने निर्णय गरेको थियो। त्यसै अनुरुप सबै देशका एनआरएनएहरुलाइ मे १५, २०२२ सम्म जवाफ दिन भनेर ३ हप्ताको अग्रिम इमेल पठाइएको थियो।

सोहि निर्णय अनुरुप हाल सम्म अध्यावधिक रुपमा रहेका बेलायत, पोर्चुगल, निदर्ल्याण्ड अगाडी आउनु भएको छ। क्यानाडा, साउदी अरब, ओमान, कातार तदर्थ समितिको रुपमा गठन भएका छन्। क्रोयसीय समेत हाल सम्म ९ देशमा एनआरएनए रहेका छन्। १० औं देशमा गैरआवासीय नेपाली संघ अमेरिका अगष्ट २६, २०२२ शुक्रबार साँझ भएको जुम बैठकले गठन गरिएको छ।

यस भन्दा पहिला अमेरिकामा धेरै पटक सम्म तदर्थ समिति गठन गर्ने प्रयास भएका थिए। यसका लागि थुप्रै व्यक्तिहरुसँग कुराकानी र सम्पर्क समेत गरिएको थियो। यस बिषयमा गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामा, सल्लाहकारहरु एसी शेर्पा र पासाङ्ग लामाको योगदान उल्लेखनीय रहनगयो।

अगष्ट १५, २०२२ मा सुर्य लम्साल, कृष्ण पोख्रेल र कृष्ण के सीकाबीच लामो छलफलपछि सुर्य लम्साल अध्यक्षका लागि नेतृत्व लिन तयार हुनु भएको हो। सो बिषयमा उपाध्यक्ष बिआर लामाले पनि लम्सालसँग पहल गर्नुभएको थियो। सोहि अनुसार, म आफू क्षेत्रीय संयोजक कृष्ण पोख्रेलले गरेको आधिकारिक इमेल, अन्तराष्ट्रिय परिषदका अध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष बिआर लामा, महासचिव जानकी गुरुङ र सचिव कृष्ण के सी समेतलाइ जानकारी सहित पठाएकोमा लम्सालले आफू अध्यक्षका लागि तयार रहेको कुरा सोहि इमेलमा मार्फत सबैलाई जवाफ दिनुभएको थियो।
बाँकी रहेका पदमा हाल सम्म हामी सबैले गरेका सम्पर्क र उहाँहरुले दिनुभएको pकन्फरमेशन अनुसार देहायका व्यक्तिहरु देहायका जिम्मेवारीमा रहनु भएको छ। बाँकी पदमा तदर्थ समितिको बैठकले निर्णय थप गर्दै जान सकिनेगरी निर्णय गरिएको पनि जानकारी गराउँदछु।

तदर्थ समितिको नामावली

NRNA NCC OF USA 2022 Team Final List

  1. President-Surya Lamsal, New York
  2. Sr Vice President-Gyanal Thapa, New York
  3. Vice President-President-Pradeep Paudel, Iowa
  4. Vice President-Chandra Lama, Virginia
  5. Vice President-Anil Pandey, Texas
  6. Vice President-Min Khadka, New York
  7. Vice President-Nabaraj Subedi NC
  8. Vice President-Padam Lama, California
  9. Vice President-Mathbar Singh Raut, South Dekota
  10. General Secretary-Sarita Gurung, Colorado
  11. Secretary-Nasim Ansari, Kentucky
  12. Secretary-Tanka Sodari, Maryland
  13. Secretary-Bishnu KC, Californiania
  14. Secretary-Prakash Basnet, New York
  15. Treasurer-Dr Krishna Pokhrel-Economist, Virginia
  16. Joint Treasurer-Ghanashyam Bhattarai, Wisconsin
  17. Spokesperson-Biraj Bhandari, California
  18. Youth Coordinator- Dev Rana, Washington
  19. Joint Youth Coordinator-Bikram Ghimire, North Carolina
  20. Women Coordinator-Dzima Sherpa, New York
  21. Executive Member-Rajendra-Raw KC, Kentucky
  22. Executive Member-Sundeep Paudel, Virginia
  23. Executive Member-Sujan Khanal, New York
  24. Executive Member-Prashant Khadka, New York
  25. Executive Member-Biren Tharu, Minnesota
  26. Executive Member-Yogendra Bimali, California
  27. Executive Member-Joseph Ghale, California
  28. Executive Member-Sofee Ghimire, California
  29. Executive Member-Indira Karki, California
  30. Executive Member-Kedar Shrestha, Texas
  31. Executive Member-Binod Gyoal-IT Expert, New York
  32. Executive Member-Bikrant Kumar Basnet-Actor, New York
  33. Executive Member-Durga Shrestha, Washington
  34. Executive Member-Nishchal Silwal, Maryland
  35. Executive Member-Manab Shah, Kentucky
  36. Executive Member-Piyus Ghimire, Texas
  37. Executive Member-Dilliram Dhungana, Texas

तदर्थ समितिका सबैजनालाई हार्दिक बधाई र कार्यकाल सफलताको शुभकामना !

कृष्ण पोख्रेल

क्षेत्रीय संयोजक

गैरआवासीय नेपाली संघ

अगष्ट २६, २०२२, शुक्रबार

अध्यक्ष सुर्य लम्सालबारे

नेपालको चितवन जिल्लामा जन्मेर हुर्कनुभएका सुर्य लम्सालले चितवनकै शिवनगरबाट हाइस्कूल गर्नुभएको हो। त्यसपछि अमृत साइन्स कलेज (ASCOL) बाट आइएससी र बिएससी गरेपछि पुल्चोक इञ्जिनियरिङ्ग कलेजबाट सिभिल इञ्जिनियरिङ्गमा बिइ गर्नु भएको हो।

१९९६ मा अमेरिकामा पढ्नको लागि आउनु भएका लम्लासले City University of New York (CUNY) बाट १९९८ मा Civil and Structural Engineering मा मास्टर्स गर्नुभयो। लम्साल हाल New York University बाट Urban Infrastructure Systems and Energy Management मा बिद्यावारिधि (PhD) गर्दै हुनुहुन्छ।

उहाँ न्यूयोर्क र अरु ५ स्टेटको लागि लाइसेन्स प्राप्त Professional Engineer (PE) हुनुहुन्छ भने हाल न्यूयोर्क स्टेटको स्वामित्व रहेको इनर्जी कम्पनि New York Power Authority मा निर्देशक हुनुहुन्छ। उहाँ American Society of Nepalese Engineers (ASNEngr) र Non-Resident Nepali Association (NRNA) USA को सदस्य हुनुहुन्छ।

यस बाहेको उहाँले NRNA का National and International Coordination Committee का थुप्रै जिम्मेवारी र अन्य संघ संस्थामा समेत काम गर्नु भएको छ। २०१३ देखि सक्रिय रुपमा NRNA मा रहनु भएका लम्साल २०१५-२०१७ मा बोर्डमा कार्यकारी सदस्य हुनुहुन्थ्यो। २०१७ मा अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो भने हाल तदर्थ समितिको अध्यक्ष हुनुभएको छ।