नयाँ दिल्ली र महाराष्ट्रमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता

नयाँ दिल्ली र महाराष्ट्रमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता

Hollywood Khabar November 06,2021 Comments

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।

उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ । उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि पो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए । सबै सरकारी अस्पतालहरुमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको उनले बताए । रासस