निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार आगामी वैशाख ११ गतेदेखि १२ गतेसम्म २ दिन उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यसैगरी वैशाख १२ गते नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी वैशाख १५ गते नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु