नुवाकोट २ प्रदेश सभा १ मा माओवादी केन्द्रका ढुंगाना विजयी

नुवाकोट २ प्रदेश सभा १ मा माओवादी केन्द्रका ढुंगाना विजयी

Hollywood Khabar November 23,2022 Comments

नुवाकोट निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद  ढुंगाना  विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीका उपाध्यक्ष ढुंगानाले नेकपा एमालेको बागमती प्रदेशका अध्यक्ष पूर्वमन्त्री केशवराज पाण्डेलाई ४४९ मतान्तरमा पराजित गरेका हुन् । विजयी हुने ढुंगानाले १२ हजार १ सय १० मत प्राप्त गरेका छन । पराजित पाण्डेले ११ हजार ६ सय ६१ मत प्राप्त गरेका छन ।