प्रवासी नेपाली मन्च जापान कान्तो कमिटिले समय सापेक्ष कार्यक्रमहरु गर्दै

Hollywood Khabar April 04,2022 Comments

प्रवासी नेपाली मन्च (ONF) जापान कान्तो कमिटीले बिभिन्न समयमा समय सापेक्ष कार्यक्रमहरु गर्दै आफ्नो सक्रियता बडाएको छ। २०२१ सेप्टेम्वर २० तारिक महिला दिदी बहिनी हरुलाई तिज चाडपर्वको महत्व सहित चेतना मुलक सन्देश दिने गरि नृत्य भिडियो प्रतियोगिता  सफलता पुर्वक सम्पन्न गर्दै करिव उक्त सन्देश मुलक कार्यक्रम एकलाख ब्यक्तिले अनलाईन मार्फत आवस्यक जानकारी लिएको बताईएको छ। 

(ONF) कान्तो कमिटिले नेपालमा हुने आगामी निर्वाचन लाई मध्यनजर गर्दै, प्रवास बाटै भए पनि आफ्नो सक्रियतालाई अझै प्रभावकारी र सक्रिय रुपमा लैजान लागेको हो।सबै पक्षबाट आवस्यक सहयोग सहित रचनात्मक भुमिकाको अपेक्षा गरिएको सचिव मनोज श्रेष्ठ बताउछन्।

१.आगामि निर्वाचनको लागि मध्यनजर गर्दै सके सम्म चुनावको लागि  मात्र भए पनि नेपाल जाने अभियान संगै”मेरो वडा म जिताउछु,हाम्रो पालिका हामी जिताउछौं”। अभियानलाई सफल बनाउन भुमिका खेल्ने।

२.”सूर्यमा मतदान गर्ने सन्देश मुलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने”।

३.आफ्नो वडा वा क्षेत्रमा ब्यक्तिगत सहयोग गर्न ईच्छुक कमरेड हरुले यस कमिटि मार्फत सहयोग गर्न अपिल गर्ने।

४.सके सम्म सबै जिल्ला लाई १००० का दरले “सुर्य झण्डा “बितरण अभियान चलाउने ,जसमा एक सुभचिन्तक एक सय रुपिया सॅकलन गरी अभियान थाल्ने र स्विच्छिक दिन पनि सकिने बताईएको छ।

परिस्थिति र समयलाई मुल्याङकन गर्दै नेपालमा हुने आगामि निर्वाचन लाई समेत मध्यनजर गर्दै ूसुर्य चिन्ह मा मतदान गर्ने सन्देश मुलक टिकटप भिडियो आयोजक कमिटि लाई पठाउनु पर्ने र सो भिडियोको लाईक , शेयर र उत्कृष्ठता हेरी १०० जना सम्मको लागि उचित प्रसंशा पत्र सहित पुरस्कारको ब्यवस्था गरिने कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेले हामिलाई जानकारी गराए।

भिडियो यहि अप्रिल १० तारिक बाट मेई १३ तारिक सम्म ९चैत २७ गते बाट बैशाख ३० गते सम्म०कमिटिले आफ्नो पेज र सामाजिक संजाल मार्फत सार्वजनिक गर्नेछ।साथै कमिटि भित्र रहनु हुने ब्यक्तिले आ(आफ्नो क्षेत्रमा कुनै पनि सहयोग गर्न चाहनु भएमा कमिटि मार्फत गर्न अपिल समेत गरिएको सचिव मनोज श्रेष्ठ बताउछन्।उक्त कार्ययोजनाको संयोजन सचिवालय सदस्य  बासु पन्तले गर्नेछन्।