पातञ्जल योग समिति नुवाकोटले पुर्णता पायो

पातञ्जल योग समिति नुवाकोटले पुर्णता पायो

Hollywood Khabar September 28,2022 Comments

पातञ्जल योग समिति नुवाकोटले पुर्णता पाएको छ । सोमवार नुवाकोटको लिखु गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि समितिलाई पुर्णता दिइएको हो ।

समितिको अध्यक्ष तुलसी दवाडी, उपाध्यक्षमा खेमप्रसाद दुलाल सचिवमा उपेन्द्र मिश्र र कोषाध्यक्षमा देवकी खतिवडा चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा प्रकाश खतिवडा, सपना लामिछाने, विनिता गुणी र अच्युतम ढकाल चयन भएका छन् ।

यस्तै कार्यक्रममा पातञ्जल योग समिति नेपाल बागमती प्रदेशको सदस्यमा दिपक राज केसी र हरिदेव चित्रकार चयन भएका छन् । उनीहरुलाई पातञ्जल  योग समिति नेपालका केन्द्रीय सदस्य तथा योग गुरु युक्त गिरी, पतंजलि योग समिति नेपाल बागमती प्रदेश अध्यक्ष स्नेहा उषा गिरी लगायतको उपस्थिति बाग्मति प्रदेशको जिम्मेवारी दिइएको हो ।


यस्तै कार्यक्रममा २१ दिन सम्म सञ्चालित प्रारम्भिक योग शिक्षक तालिमका सहभागीहरुको दिक्षान्त समारोह समेत गरिएको थियो । कार्यक्रममा जिल्ला समिति, नगर समिति, विभागिय पदाधिकारी लगायतको जिम्मेवारी तथा पदभार ग्रहण समेत गरिएको छ ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले पातञ्जल नेपाल बागमती प्रदेश अध्यक्ष स्नेहा गिरीलाई मायाको चिनो र योग प्रशिक्षकहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा पातञ्जल नेपाल बागमती प्रदेश संगठन विभाग प्रमुख उद्दवराज थापा, जिल्ला अध्यक्ष तुलसी दुवाडी, केन्द्रीय प्रशिक्षण विभागका प्रमुख सुवर्णलाल चित्रकार, बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।