पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने

Hollywood Khabar May 26,2022 Comments

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइने छ । बजेट मार्फत यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ । यसअघि नेपाल आयल निगमले सरकारसँग लिटरमा १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ ।

केही दिनअघि भारत सरकारले पनि कर कटौती गरी इन्धनमा राहत प्रदान गरेको थियो । अत्याधिक करका कारण इन्धनको मूल्य अचाक्ली भएको भन्दै चर्को आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो ।