प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलन घोषणा गर्ने बारको तयारी

प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलन घोषणा गर्ने बारको तयारी

Hollywood Khabar November 06,2021 Comments

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलनका थप कार्यक्रमबारे नेपाल बार एसोसियसनले आन्तरिक छलफल गर्दैछ । आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने भएको हो । छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

बारले यसयघि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत र बार परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेको थियो । प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बार एसोसियसनले यसअघि नै घोषणा गरिसकेको छ । प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

उहाँले सर्वोच्चकै न्यायाधीशहरुको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावसमेत अस्वीकार गरिसक्नुभएको छ । राणाले बैशाखपछि राजीनामा दिने आशय व्यक्त गर्दै आउनुभएको छ ।