प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जलि अर्पण

प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जलि अर्पण

Hollywood Khabar October 16,2022 Comments

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । 

 पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुग्नुभएको थियो ।

एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।

संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए वापत तीनपटक सम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहनु भयो ।