राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

Hollywood Khabar May 27,2022 Comments

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गर्नुभएको छ । मन्त्रिपरिषद्को जेठ १० र १३ गतेको सिफारिसमा गणतन्त्र दिवस, २०७९ को अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । 

राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गर्नुभएको हो ।