रसुवाको नौकुण्ड गाउँपालिकामा कांग्रेसका घले निर्वाचित

रसुवाको नौकुण्ड गाउँपालिकामा कांग्रेसका घले निर्वाचित

Hollywood Khabar May 16,2022 Comments

रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले निर्वाचित भएका छन् । उनले ३ हजार ४७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत ल्याइन् । माओवादी केन्द्रका यो सिंगी घिसिङले ३ सय ४६ मत ल्याए ।

नौकुण्डको उपाध्यक्षमा एमालेका चन्द्र बहादुर ग्लान निर्वाचित भए । उनले २ हजार ९०४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका भुमे लामाले १ हजार ९५१ मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनकी प्रविना तामाङले २ सय ७ मत ल्याइन् ।